विश्व

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ भयो मर्ज

इकागज |
चैत १०, २०८० शनिबार ११:९ बजे

काठमाडौँ- पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप मर्ज भएको छ ।

डिजिटल वर्ल्ड एक्विजिसन कर्पका अधिकांश शेयरधनीहरूले शुक्रबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथको माउ कम्पनी ट्रम्प मिडियासँगको मर्जरका लागि स्विकृति दिएको बीबीसीले जनाएको छ ।


यससँगै ट्रम्प मिडिया सार्वजनिक रूपमा सूचीबद्ध कम्पनी बन्ने तयारीमा रहेको छ । उक्त कम्पनीमा पूर्व राष्ट्रपति ट्रमले ५८ प्रतिशत शेयर पाउने भएका छन् ।

यससँगै ट्रम्पले अहिले अवस्थामा डिजिटल वर्ल्डमा भएको ट्रम्पको शेयरको मूल्य ३ विलियन अमेरिकी डलर पुगेको छ ।

साथै ट्रम्प मिडियाका पूर्व लगानीकर्ताले दायर गरेको मुद्दा सुल्झाउन कम्पनीद्ये १८ मिलियन अमेरिकी डलर तिर्नुपर्थ्यो । जुन अब डिजिटल वर्ल्डले बेहोर्ने भएको छ ।

गत वर्ष ट्रम्प मिडियाको लेखा परीक्षकले कम्पनी जोखिममा रहेको चेतावनी दिएका थिए ।


Author

थप समाचार
x