विश्व

एप्पलले प्राप्त गर्‍यो क्यानेडियन स्टार्टअप डार्विनएआई

इकागज |
चैत ३, २०८० शनिबार ११:५२ बजे

काठमाडौँ- टिम कुकको नेतृत्वको एप्पलले क्यानेडियन स्टार्टअप डार्विनएआईलाई प्राप्त (एक्वायर) गरेको छ ।

आईफोन निर्माता एप्पलले क्यानेडियन आर्टिफिसियन इन्टेलिजेन्स स्टार्टअप डार्विनएआईलाई प्राप्त गरेको ब्लुमबर्गले जनाएको छ ।


यसअघि डार्विनएआईका दर्जनौ कर्मचारीले एप्पलको एआई शाखामा काम गरिरहेपनि प्राप्तिको प्रकृया पूरा नभएका कारण उनीहरु एप्पललाई आफ्नो कम्पनीको रुपमा लिएका थिएनन् ।

डार्विनएआईले एआई प्रणालीहरू सानो र छिटो विकास गरिरहेको छ ।

एप्पलले प्राप्त गरेको समाचार आएपछि कम्पनीको शेयर मूल्य १ प्रतिशतले बढेर १ सय ७३.३७ डलरले बढेको थियो ।


Author

थप समाचार
x