विश्व

अशनीर ग्रोभरलाई भारतपेविरुद्धको ट्विट 'डिलिट' गर्न अदालतको आदेश

इकागज |
चैत २, २०८० शुक्रबार १६:३१ बजे

काठमाडौँ- भारतको दिल्ली उच्च अदालतले फिनटेक कम्पनी 'भारतपे' का संस्थापक मध्येका एक तथा पूर्व प्रबन्ध निर्देशक अशनीर ग्रोभरलाई भारतपे तथा त्यसका अधिकारीविरुद्धको 'ट्विट' डिलिट गर्न निर्देशन दिएको छ ।

अदालतले ग्रोभरलाई ४८ घण्टाभित्र भारतपे र त्यसका पदाधिकारीविरुद्धको ट्विट हटाउन निर्देशन दिएको आईएएनएसले जनाएको छ ।


ग्रोभरले आफ्नो ट्विटमा भारतपे बोर्डका अध्यक्ष र स्टेट बैंक अफ इन्डिया (एसबीआई)का पूर्व अध्यक्ष रजनीश कुमारलाई 'सानो मान्छे' उल्लेख गरेका थिए ।

अदालतले अशनीर ग्रोभरसँगै उनकी श्रीमति माधुरी जैन ग्रोभरको पनि ट्विट हटाउन निर्देशन दिएको हो ।

अदालतले जनाएअनुसार अशनीर ग्रोभरले भारतपे तथा त्यसका पदाधिकारीविरुद्ध पटक-पटक अपमानजनक ट्विट गर्दै आएका छन् ।


Author

थप समाचार
x