विश्व

'चीनले अन्य देशभन्दा छिटो कामदारलाई रोबोटद्वारा विस्थापित गरिरहेको छ'

इकागज |
चैत २, २०८० शुक्रबार १५:१६ बजे

काठमाडौँ- चीनले अन्य देशभन्दा छिटो कामदारलाई रोबोटद्वारा विस्थापित गर्दै गरेको अमेरिकी थिंक ट्यांकले दाबी गरेको छ ।

अमेरिकी स्वतन्त्र थिंक ट्यांक संस्था वासिङ्टन इन्फरमेसन टेक्नोलोजी एन्ड इनोभेसन फाउन्डेसनको एक प्रतिवेदनअनुसार चीनसँग सोचेभन्दा साढे १२ गुणा बढी रोबोट काम गर्ने स्थानमा रहेको छ ।


उक्त प्रतिवेदनले दाबी गरेअनुसार चीनले अन्य देशभन्दा छिटो कामदारलाई रोबोटले विस्थापित गरिरहेको छ ।

चीन अझै रोबोटिक आविष्कारमा सबैभन्दा अगाडि नरहेको देखिए पनि चिनियाँ रोबोटिक्स कम्पनीहरू केही समयभित्रै सबैभन्दा अगाडि रहने दाबी समेत गरिएको छ ।

प्रतिवेदनको दाबीअनुसार अमेरिकाले भने आफूसँग भएको मध्ये केवल ७० प्रतिशत रोबोटको मात्र प्रयोग गरिरहेको छ ।


Author

थप समाचार
x