विश्व

भारतले पक्राउ गर्‍यो पाकिस्तानीको ४८० करोडको लागुऔषध

इकागज |
चैत १, २०८० बिहीबार १०:१४ बजे

नयाँदिल्ली- अरब सागरस्थित भारतीय सीमामा ४८० करोड भारतीय रुपैयाँको लागुऔषध बरामद भएको छ ।

गुजरात एटीएस, नौसेना र केन्द्रीय एजेन्सीको संयुक्त अप्रेशनअन्तर्गत टोलीले ६ विदेशी लागुऔषध तस्करलाई पनि पक्राउ गरेको छ । यी सबै ड्रग्स भरियाहरू पाकिस्तानी नागरिक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


समाचार अनुसार यी औषधिहरू एउटा डुङ्गामा ल्याइएको थियो, जसमा पाकिस्तानी प्याडलरहरू पनि सवार रहेका थिए । एनसीबीका अप्रेशनका डीजीबी ज्ञानेश्वर सिंहले भने ‘यो पाकिस्तानको कम लागतको युद्ध हो। पाकिस्तानले लागुऔषधको सहारा लिएर युवाहरूलाई खोक्रो बनाउने षड्यन्त्र गरिरहेको छ ।’

उनले अगाडि भने ‘अप्रेशन सागर मन्थनको पहिलो चरण सफल भयो । अब दोस्रो चरणमा ठूलो कारबाही गरिएको छ। टोलीले ६ पाकिस्तानी भरियालाई पक्राउ गरेको छ ।’

उनका अनुसार यो पूरै खेप पाकिस्तानबाट हाजी सलिम सिन्डिकेटले पठाएको थियो । यसअघि पनि भारतमा पठाइएका धेरै ठूला कन्साइनमेन्टमा हाजी सलिम सिन्डिकेटको हात परेको थियो । हाजी सलिम पाकिस्तानको ठूलो लागुऔषध आपूर्तिकर्ता हो, जसका धेरै मोड्युल रहेका छन् । यसमार्फत उनले श्रीलंका, मरिससलगायत धेरै देशमा आफ्नो सिन्डिकेट फैलाइरहेका छन् ।

अभियुक्तहरू पाकिस्तानको ग्वादर बन्दरगाहबाट लागुऔषधको खेप डुंगामा लोड गरेर फरार भएका थिए ।उनीहरु भारतका केही व्यक्तिहरुको सम्पर्कमा पनि छन् ।

हाजी सलिमले विशेष तरिकाले औषधि आपूर्ति गर्छन् । उनी प्रायः समुद्री मार्ग प्रयोग गर्छन् । उनले समुन्द्रका विभिन्न मार्गबाट ​​लागुऔषध भारत र अन्य देशका विभिन्न बन्दरगाहमा पठाउने गरेका छन् । आईएसआईका यो ‘नयाँ दाउद’ हाजी अली अहिले भारतीय एजेन्सीको रडारमा पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Author

थप समाचार
x