विश्व

सरकारविरूद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै पाकिस्तानमा पत्रकार पक्राउ

इकागज |
फागुन १६, २०८० बुधबार ६:५१ बजे

इस्लामवाद- पाकिस्तानी पत्रकार र भिडियो ब्लगर असद अली तूर पक्राउ परेका छन् ।

संघीय अधिकारीहरूले राज्य र यसका अधिकारीहरूविरुद्ध दुर्भावनापूर्ण अभियान सञ्चालन गरेको आरोपमा उनलाई गिरफ्तार गरेका हुन् ।


उनीहरूका अनुसार सामाजिक सञ्जाल प्लेटफर्ममार्फत सरकार विरुद्ध जबरदस्ती, धम्की दिने र हिंसा भड्काउने उद्देश्यका साथ पोष्ट गरेको भन्दै उनी पक्राउ परेको जनाइएको छ ।

संघीय अनुसन्धान एजेन्सी (एफआईए)ले दुई दिनअघि तूरलाई ८ घण्टाभन्दा बढी समयसम्म हिरासतमा राखेको थियो, जसमा उनीसँग सोही सबन्धित आरोपमा सोधपुछसमेत गरिएको थियो ।

उनको प्रतिनिधित्व गर्ने वकिल इमान मजारी हाजिरले भने कि उनलाई मंगलबार बिहान इस्लामावादको एक अदालतमा ल्याइएको थियो र त्यसपछि पाँच दिनको लागि हिरासतमा पठाइएको छ ।

‘एफआईएले १० दिन हिरासत मागेको थियो तर अदालतले पाँच दिनको म्याद दिएको छ, हामी यस अवधिमा उहाँलाई सकेसम्म धेरै पहुँच प्राप्त गर्ने प्रयास गर्नेछौं र हामी उहाँको लागि जमानत खोज्ने प्रयास गर्नेछौं,’ उनले भनिन्।

मजारी हाजिरका अनुसार कानून प्रवर्तन अधिकारीहरूले यसका लागि पूर्ण सहयोग गरिरहेको छन्।

पत्रकार तुरलाई फेब्रुअरी २३ मा एफआईएमा हाजिर भएका थिए, जब उनलाई विश्वास देखाउनको लागि विधिवत रूपमा नोटिस पठाइएको भने थिएन तर पनि उनलाई ८ घण्टा हिरासतमा राखिएको थियो । त्यसपछि सोमबार उनलाई सोमबार उपस्थित हुन २४ घण्टाभित्र अर्को सूचना पठाइएको थियो ।


Author

थप समाचार
x