विश्व

जापानमा रहेका मार्क जुकरवर्गले दक्षिण कोरिया र भारतको भ्रमण गर्दै

इकागज |
फागुन १४, २०८० सोमबार १३:३८ बजे

काठमाडौँ- जापानमा रहेका मेटा प्लेटफर्म इन्का प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकरवर्गले दक्षिण कोरिया र भारतको पनि भ्रमण गर्ने भएका छन् ।

जापानमा कम्पनीको क्वेस्ट भर्चुअल-रियाली हेडसेट तथा यसको भाषाको मोडल एललामाको बारेमा छलफल गरिरहेका जुकरवर्गले बुधबार दक्षिण कोरियाको राष्ट्रपति युन सुक येओललाई भेट्ने कार्यक्रम रहेको द हिन्दुस्तान टाइम्सले जनाएको छ ।


जुकरवर्गले सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष जय लीसँग भेट्ने तथा एआईको बारेमा छलफल गर्ने तथा एलजी इलेक्ट्रोनिक्सका सिइओसँग रियालिटी हेडसेटका लागि सहकार्यबारे छलफल गर्ने बताइएको छ ।

दक्षिण कोरियाको भ्रमणपछि जुकरवर्गले भारतको गुजरातमा मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहअघिको समारोहमा सहभागी हुने बताइएको छ । मार्च १ देखि सुरु हुने तीन दिने विवाह कार्यक्रममा विभिन्न क्षेत्रका हस्तीहरूको सहभागिता रहने जनाइएको छ ।


Author

थप समाचार
x