विश्व

सामसङले 'ग्यालेक्सी रिंग' सार्वजनिक गर्दै

इकागज |
फागुन १३, २०८० आइतबार ११:२९ बजे

काठमाडौँ- दक्षिण कोरियाली मोबाइल फोन निर्माता सामसङले 'ग्यालेक्सी रिंग' (औँठी) सार्वजनिक गर्ने तयारी गरेको छ ।

हिन्दुस्तान टाइम्सले जनाएअनुसार स्पेनको बार्सिलोनामा फेब्रुअरी २६ देखि २९ तारिखसम्म आयोजना हुने मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्यूसी) का क्रममा सामसङले ग्यालेक्सी रिंग सार्वजनिक गर्ने भएको हो ।


सामसङले गत महिना नै ग्यालेक्सी रिंगको टिजर सार्वजनिक गरेपनि यसबारे खासै जानकारी भने प्रदान गरेको थिएन ।

तर यसमा सेन्सरको प्रयोग हुने तथा यो अन्य उपकरणसँग जोड्न मिल्ने जानकारी गराएको छ । रिंगमा एआई प्रविधिको प्रयोग गरिएको छ ।


Author

थप समाचार
x