विश्व

भारतीय कम्पनी बाइजुका संस्थापकलाई हटाउने पक्षमा मतदान

इकागज |
फागुन १२, २०८० शनिबार १२:५६ बजे

काठमाडौँ- भारतको एजुकेसनल टेक्नोलोजी कम्पनी 'बाइजु' का लगानीकर्ताको एक समूहले कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी बायजु रविन्द्रनलाई हटाउने पक्षमा मतदान गरेको छ ।

यसका साथै लगानीकर्ताको उक्त समूहले कम्पनीले जारी गर्न लागेको 'राइट सेयर' को प्रकृया रोक्नका लागि छुट्टै मुद्दा समेत दायर गरेको टेकक्रन्चले जनाएको छ ।


एक समयमा भारतकै सर्वाधिक मूल्यवान कम्पनीको रुपमा रहेको बाइजुको शुक्रबार बसेको आकस्मिक साधारण सभामा लगानीकर्ताको समूह प्रोसस भेन्चर्स र पिक एक्सभी पार्टनर्ससहितले रविन्द्रनलाई हटाउने पक्षमा मतदान गरेको हो ।

कम्पनीमा उनीहरुको मतभार ६० प्रतिशत भन्दा बढी रहेको बताइएको छ ।

तर साधारण सभामा रविन्द्रन तथा अन्य बोर्डका सदस्यहरु सहभागी भएका थिएनन् । तर यसअघि बाइजुले आफ्ना लगानीकर्तासँग नेतृत्व परिवर्तनका लागि मतदानको अधिकार नरहेको जनाएको थियो ।

त्यसैगरी, शुक्रबार नै २५ प्रतिशत लगानी रहेको चार लगानीकर्ताले राइट सेयर जारी प्रकृया रोक्न कर्नटका उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।


Author

थप समाचार
x