विश्व

एआई चिप कम्पनी एनभिडियाको बजार मूल्य २ ट्रिलियन अमेरिकी डलर

इकागज |
फागुन १२, २०८० शनिबार ११:५७ बजे

काठमाडौँ- अमेरिकी एआई चिप कम्पनी एनभिडियाको बजार मूल्य २ ट्रिलियन अमेरिकी डलर पुगेको छ । चिप निर्माता कम्पनीका लागि नयाँ कोसेढुंगा साविक भएको बीबीसीले जनाएको छ ।

सिलिकन भ्यालीमा यस कम्पनीको मूल्य शुक्रबार ४ प्रतिशतले बढेको थियो । कम्पनीले यसै साता सार्वजनिक गरेको आम्दानीको प्रतिवेदनपछि एनभिडियाको मूल्यमा उछाल आएको हो ।


कम्पनीले आफ्नो आम्दानीमा उल्लेख्य सुधार भएको जनाएको छ ।

कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा भएको प्रगतिबाट फाइदा उठाइरहेको र आफ्ना चिप्सको माग बढेको जानकारी दिएको छ ।

कम्पनीले जनाएअनुसार गत वर्षको तुलनामा यस वर्ष कम्पनीले दोब्बर अर्थात ६० बिलियन अमेरिकी डलर आम्दानी गरेको छ ।

कम्पनीका मालिक जेनसेन हुआङले एनभिडियाको चिपको माग विश्वव्यापी रुपमा बढ्दै गएको समेत बताएका छन् ।

गत वर्ष १ ट्रिलियन डलर रहेको एनभिडियाको अहिलेको बजार मूल्य माइक्रोसफ्ट, एप्पल र साउदी अराम्कोपछि कै सर्वाधिक हो ।


Author

थप समाचार
x