विश्व

ब्याट्रीको चार्ज १०० घण्टासम्म टिक्ने स्मार्ट घडी ल्याउँदै वानप्लस

इकागज |
फागुन ९, २०८० बुधबार १०:५४ बजे

काठमाडौँ- वानप्लसले बजारमा ल्यान लागेको नयाँ स्मार्ट घडीको ब्याट्रीको चार्ज एक सय घण्टासम्म टिक्ने भएको छ ।

चिनियाँ टेक्नोलोजी कम्पनी वानप्लसले बजारमा 'वाच २' नामक स्मार्ट घडी बजार ल्याउन लागेको टेकक्रन्चले जनाएको हो ।


दावी गरिएअनुसार उक्त स्मार्ट घडी एकपटक चार्ज गरे एक सय घण्टासम्म पुनः चार्ज गर्नु पर्ने छैन ।

जबकी एप्पलको सिरिज ९ को स्ट्यान्डर्ड ब्याट्रीको टिकाउ अवधि १८ घण्टा तथा 'लो पावर मोड' ३६ घण्टा रहेको छ ।

वानप्लसको दावी अनुसार 'वाच २' स्मार्ट मोडमै ब्याट्री एक सय घण्टा टिक्ने छ ।


Author

थप समाचार
x