विश्व

बालबालिकाको सुरक्षालाई लिएर इयूले सुरु गर्‍यो टिकटकमाथि छानबिन

इकागज |
फागुन ८, २०८० मंगलबार १६:३७ बजे

काठमाडौँ- युरोपियन युनियन (इयू) ले बालबालिकाको सुरक्षालाई लिएर चिनियाँ सामाजिक सञ्जाल 'टिकटक' माथि औपचारिक रूपमा छानबिन सुरु गरेको छ ।

बालबालिकाको सुरक्षासँगै टिकटकले इयूको डिजिटल सर्भिसेस एक्टको उल्लंघन गरे वा नगरेको बारेमा समेत इयूले छानबिन सुरु गरेको सीएनएनले जनाएको हो ।


कानुनको उल्लंघन गरेको अथवा नगरेको बारे इयूले टिकटकको काम, प्रणाली र नीतिको छानबिन गर्ने इयूले जनाएको छ ।

चिनियाँ कम्पनी बाइटडान्सअन्तर्गतको टिकटकलाई युरोपेली देशहरूमा एक महिनामै १ सय २६ मिलियनले प्रयोग गर्ने गरेको तथ्यांक रहेको इयूले जनाएको छ ।


Author

थप समाचार
x