विश्वकप २०२२

ब्राजिललाई क्रोएसियाको चुनौती

इकागज |
मंसिर २३, २०७९ शुक्रबार ९:२१ बजे

काठमाडौँ- कतार फिफा विश्वकप २०२२अन्तर्गत शनिबारबाट क्वार्टरफाइनलका खेलहरू सुरु हुँदैछन् । 

पहिलो खेलमा क्रोएसिया र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने ९ बजे एजुकेसन सिटी मैदानमा हुनेछ । 


क्रोएसिया साविक उपविजेता हो । ब्राजिल भने कीर्तिमानी छैटौं पटक उपाधि जित्ने योजनामा छ । त्यसैले खेल आज निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । 

लुका मोड्रिडकाले क्रोएसियाको कप्तानी गर्ने छन् भने थिअगो सिल्भाले ब्राजिलको कप्तानी सम्हाल्नेछन् । 


Author

थप समाचार
x