पर्यटन

नेपाल नागरिक उड्डयन प्राधिकरणको निष्कर्षः धरानमा सडक यातायातको पहुँच छ, विमानस्थल बन्दैन

इकागज |
फागुन १५, २०८० मंगलबार १४:१७ बजे

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण गर्न नसकिने निष्कर्ष निकालेको छ । केही समयअघि प्राधिकरणले धरानमा विमानस्थल निर्माणको अध्ययन समिति बनाएको थियो ।

समितिको अध्ययन प्रतिवेदन अनुसार ‘विद्यमान हवाई नीति, २०६३ मा भएको तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट ४० नटिकल माइल हुनुपर्ने त्यसको नीति व्यवस्था विपरीत हुनेछ ।


सडक यातायातको सहज पहुँच,  भौगोलिक अवस्थाले गर्दा वान वे मात्र सम्भव हुँदा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यवसायीक सम्भावना नभएको अध्ययन समितिले निष्कर्ष निकालेको छ । प्राविधिक तथा अन्य विविध कारणले हवाई विमानस्थल बनाउन सम्भव नरहेको प्राधिकरणले निष्कर्ष निकालेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा गत कात्तिक २३ गते प्राधिकरणका प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा वरिष्ठ कानुन अधिकृत बिमल खनाल र चार्टर्ड एकाउन्टेन्ट अनिल बस्नेत सदस्य रहेको टोली गठन गरिएको थियो ।


Author

थप समाचार
x