पर्यटन

मेची क्राउनले जित्यो 'साउथ एसियन ट्राभल अवार्ड २०२'’ को उपाधि

इकागज |
कात्तिक २, २०८० बिहीबार १५:१ बजे

काठमाडौँ- झापाको धुलाबारीमा रहेको होटल मेची क्राउन ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’ बाट सम्मानित भएको छ । नेपाल, भारत,बंगालादेश, श्रीलंका,माल्दिभ्स, भुटानका करिब २ सय वटा होटेलहरूबीच भएको प्रतिस्पर्धाबाट लीडिङ एण्ड वेडिङ तथा कन्फ्रेरेन्स होटल र रिसोर्ट क्षेत्रमा मेची क्राउनले अवार्ड प्राप्त गरेको हो ।

सो अवार्ड होटलका तर्फबाट सहायक प्रबन्धक निरंजन श्रेष्ठ ग्रहण गरेका थिए । दक्षिण एसियाका दर्जनौ होटलहरुलाई पछाडि पार्दै मेची क्राउनले उत्कृष्ट अवार्डको ताज हात पारेको हो ।


मेची क्राउनका सञ्चालक बलराम सापकोटाले अवार्डसँगै आफूहरूलाई थप जिम्मेवार बनाएको बताउँछन् । सन २०१६ बाट बाट सुरु भएको अवार्ड यस वर्ष १० अक्टोबरमा भारतमा सम्पन्न भएको थियो । होटल वातावरण मैत्री हिसाबले सेवा दिइरहेको सञ्चालक सापकोटाकाले बताए ।

सापकोटाका अनुसार ५० करोड बढी लगानीमा सयवटा कोठा थप्न हाल होटलको भवन निर्माणको काम धमाधम भइरहेको छ । विवाह र पार्टीको सिजनमा रूम अपुग हुन थालेपछि सयवटा रूम थप्न लागिएको उनले जानकारी दिए ।

होटलमा एक सय ५ वटा कोठा छन् । पाँच वटा स्विट, पाँच वटा भिला र ९५ वटा डिलक्स छन् । सबै कोठामा गरेर एक पटकमा १६० जनाको क्षमता छ ।

झापाको भद्रपुर विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटर दुरीमा रहेको यो होटल २०७८ साल वैशाख १ गतेबाट सञ्चालनमा आएको हो ।

 


Author

थप समाचार
x