पर्यटन

इलामको महाभीर चट्टानमा आरोहणको रुट बनाउन थालियो

इकागज |
असार २०, २०८० बुधबार २१:३३ बजे

काठमाडौं - विश्व कीर्तिमानी सगरमाथा आरोही तथा इलाम नगरपालिकाको पर्यटन सद्भावना दूत कल्पना महर्जनको संयोजकत्वमा इलाम नगरपालिका वडा नम्बर ८ मा रहेको महभीर चट्टानमा आरोहणको रुट बढाउने कार्य सुरु गरिएको छ ।

उक्त रुट फिक्सिगको लिड इन्टरनेशल माउन्टेन गाइड नरबहादुर अस्तानीले गरेका थिए । साथमा सहयोगीहरू सुजन गुरुग, थोप्टेन लामा र सज्जन घले रहेका छन् । यसको व्यवस्थापन भने क्लाम्विग पर्यटकीय क्षेत्र प्रवद्र्धन विकास समितिले इलाम नगरपालिका ८ महभीरको रहेको छ । 


इलाम नगरपालिका र पर्यटन बोर्डको आर्थिक व्यवस्थापनबाट महभीरमा रहेको चट्टानमा ६ वटा विभिन्न ग्रेडको रुट बनाउने कार्य भइरहेको विश्व कीर्तिमानी सगरमाथा आरोही इलाम पर्यटन सद्भावना दूत महर्जनले बताइन् ।  रुट बनाउने कार्य एक हप्ताभित्र सकाउने योजना राखिएको छ । नेपालको पूर्वी क्षेत्रमा बनाउन लागिएको यो पहिलो रहेको जनाइएको छ । 


Author

थप समाचार
x