विचार

बंगलादेशलाई फकाउँदै चीन-भारत

राम रिसाल |
भदौ २९, २०७८ ९:१९ बजे

ढाका- सन् १९७१ मा रक्तपातपूर्ण ठूलो लडाइँ लडी पाकिस्तानबाट छुट्टिँदै जन्मेको बंगलादेशलाई तत्कालीन अमेरिकी विदेश मन्त्री हेनरी किसिन्जरले ‘बास्केट केस’ (पिँध नभएको टोकरी)कोे उपमा दिएका थिए । उनले त्यसरी उपेक्षा गरे तापनि बंगलादेश आज एउटा ‘एसिएन टाइगर’का रूपमा उदाउँदै छ ।

स्वतन्त्रता संग्रामपछिका डरलाग्दा दिन बिर्सिंदा पनि, बंगलादेशको अर्थतन्त्रले अपत्यारिलो पाराले कोभिड-१९ को महामारी थेगेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रक्षेपणअनुसार बंगलादेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२२ मा ४ प्रतिशतले वृद्धि हुनेछ भने भारतको चाहिँ १० दशमलव तीन प्रतिशतले घट्न सक्नेछ ।  


बंगलादेशको वार्षिक आर्थिक वृद्धिदर २०२०-२१ मा ८ प्रतिशत र प्रतिव्यक्ति आय अमेरिकी डलर २,२२७ रह्यो, जुन भारतको भन्दा १२ प्रतिशतले बढी हो । 

साथै, १६ करोड ४७ लाख जनसंख्या रहेको बृहत् बजार, व्यापक रूपले विकास गरिरहेको औद्योगिक, निर्माण, सेवा र अन्य क्षेत्रहरू, सजिलै उपलब्ध हुने सस्तो श्रम शक्तिले अवश्य पनि संसारकै आकर्षण पुनः बंगलादेशमाथि हुनु नौलो कुरा हैन । 

साथै, भू-राजनीतिक स्थितिले पनि यहाँ एउटा महत्वपूर्ण भूमिका खेलेको छ । विश्वमै सर्वशक्तिमान हुने चाहनाले उदीयमान चीन र क्षेत्रीयस्तरमा अघोषित सर्वशक्तिमान भारतबीचको खिचातानीले पनि बंगलादेशको महत्वको उत्थान हुन पुगेको छ । ‘वे अफ बंगाल’को शिरमा अवस्थित बंगलादेशको स्थिति रणनीतिक सामरिक महत्वको हुन पुगेको छ, जहाँ दुवै एसिएन महाशक्तिहरू बन्दरगाह निर्माण गर्न आँखा लगाउँदै, भारतीय सामुद्रिक क्षेत्र (इन्डिअन ओसिएन रिजन) मा आफ्नो प्रभुत्व दरिलो बनाउन लागिपरेका छन् ।   

चिनियाँ सहायता, भारतसँग सम्बन्ध
भारत र बंगलादेशबीचको आपसी सम्बन्धले विगतमा निकै उतारचढाव अनुभव गरेकै हुन् । सन् २००९ मा प्रधानमन्त्री शेख हसिनाले नेतृत्व गरेको सरकार आएदेखि भारतसँगको सम्बन्ध राम्रैसँग सुधारिएको छ । दुई देशबीचको आपसी व्यापार आर्थिक वर्ष २०१९-२० मा ९ दशमलव ५ बिलियन अमेरिकी डलर हुँदै, बंगलादेश यस महाद्विपमा भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हुन पुगेको छ ।

दुवैले ‘कनेक्टिभिटी’लाई व्यापकता दिन अग्रसरता देखाएका छन् भने ऊर्जामा भएको समझदारीको फलस्वरूप भारतीय निजी क्षेत्रले बंगलादेशमा ९ बिलियन अमेरिकी डलर लगानी गरेको छ । बंगलादेशले भारतविरुद्धको ‘क्रस बोर्डर इन्सर्जेन्सी’ गतिविधिलाई निर्मूल पार्नुका साथै सुरक्षा क्षेत्रमा दरिलो सम्बन्ध स्थापित गरेको छ । यद्यपि, पानी बाँडफाँडसम्बन्धी नसुल्झेका बुँदाहरू, भारतीय सिमानामा बंगलादेशी नागरिकको हत्या, भारतको मुस्लिमसम्बन्धी विवादास्पद कानुन, गैरकानुनी आप्रवासीका नाममा बंगलादेशी नागरिकको देश निकाला, दुई देशबीचका तनावका स्रोत रहँदै आएका छन् ।

जबकि बंगलादेशमा धेरैले चीनलाई ‘सबै मौसमको साथी’ मानेका छन् । चीनले बंगलादेशमा उत्पादित ९७ प्रतिशत वस्तुहरूलाई भन्सार छुट दिनु, कोभिड महामारीको बेलामा अवश्यै पनि स्वागतयोग्य छ । जसले दुई देशबीचको व्यापार, जुन सन् २०१९ मा १८ बिलियन अमेरिकी डलर थियो । 

अझै सुदृढीकरणमा टेवा पुर्‍याउनेछ । चीनले बेच्ने हतियारमध्ये २० प्रतिशत त बंगलादेशकै भागमा पर्छ । बंगलादेशले खर्बौंको ऋण र अन्य सहायताहरू चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) अर्न्तगत पाइरहेको छ ।

चीनको ‘बेल्ट एन्ड रोड’ इनिसिएटिभ
बंगलादेशले चीनको सहयोगमा आफ्नो तेस्रो ठूलो डिप-सी पोर्ट बनाउँदै छ भने मंगोला र चट्टोग्राम बन्दरगाह भारतलाई पहुँच दिएपछि चीनलाई पनि खुला गरिदिएको छ । एउटा एरपोर्ट टर्मिनल भवन निर्माण गर्ने २५० मिलियन अमेरिकी डलरको ठेक्का भारतीय प्रतिस्पर्धीहरूविरुद्ध चाइनिजलाई दियो । 

भारतले टिस्टा नदी, उत्तर-पश्चिम बंगलादेशको ‘जीवन रेखा’को पानी बाडफाँडसम्बन्धी वार्ता गर्न खुट्टा तन्काउँदै गर्दा गत वर्ष ‘दि टिस्टा रिभर कम्प्रेहेन्सिभ म्यानेज्मेन्ट एन्ड रेस्टोरेसन प्रोजेक्ट’ चीनको सहयोगमा एक बिलियन अमेरिकी डलरको इन्जिनियरिङ इस्किमका लागि बंगलादेशले सही गर्यो । यति हुँदा हुँदै, चाइनिज समर्थनमा सञ्चालित केही रेल प्रोजेक्टमा बंगलादेशको मूल्य नियन्त्रण गर्ने प्रयासले केही तनाव सिर्जना भने गरेको छ । 

हालै, भारतीय विदेशमन्त्री एस जयशंकरले, चिनियाँ सहयोगमा निर्माण हुने प्रस्तावित कोलम्बो पोर्ट सिटी परियोजनाबारेमा दिल्लीको बढ्दो चिन्ताको मध्यनजर आफ्नो श्रीलंकाली समकक्षी दिनेश गुणवर्धनसँग तत्सम्बन्धी चासो व्यक्त गरे । अझै पनि समाधान हुन नसकेको सीमा विवादमा चीनविरुद्ध भुटानलाई भारतको समर्थनको बाबजुद, हिमालयन राज्य भुटानमा भारतको निर्भरता कम गर्ने चीनको प्रयास जारी नै छ  । माल्दिभ्समा, यद्यपि ‘भारत पहिला’ भन्ने नीतिको नवीकरण भए तापनि, चीनले आफ्नो विस्तारित ‘पदचिह्न’, जस्तै कि २०० मिलियन अमेरिकी डलरको चीन-माल्दिभ्समैत्री पुलद्वारा माल्दिभ्समा उपस्थिति सुनिश्चित गरेको छ ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि भारत-चीन दुवैको क्षेत्रीय सुरक्षाबारे चिन्ता बढ्नु स्वाभाविक नै हो । यद्यपि भारतले तत्कालीन अफगानी शासनसँग सौहार्द्रपूर्ण सम्बन्धको आनन्द लिए तापनि, चीनलाई भने अफगानी अन्दरुनी भागहरू र पाकिस्तान, अफगान भूराजनीतिमा एक प्रमुख खेलाडीसँगको राम्रो सम्बन्धको लाभ छ । बेइजिङको काबुलसँग कूटनीतिक सम्बन्ध भए तापनि, अफगान तालिबानसँग सम्पर्क वृद्धि गरेर आफ्नो दबदबा बचाएर राखेको छ ।

स्वार्थको राजनीति
चीन र भारतले बंगलादेशलाई फकाउनु क्षेत्रीय र समुद्री सुरक्षामा देखापरेको ठूलो खिचातानीकै एउटा हिस्सा हो । चीन, जसको अर्थव्यवस्था मध्य पूर्वबाट पठाइएको ऊर्जा निर्यातमा धेरै नै निर्भर छ । हिन्द महासागर वरपरका तटीय राज्यहरूसँग आफ्नो मैत्रीपूर्ण सम्बन्ध छ भन्‍ने कुरा सुनिश्चित गर्न निर्देशित छ । भारतको परिप्रेक्ष्यमा, चीनले समुद्री मार्गमा पर्ने प्रमुख देशहरूसँग सम्बन्ध निर्माण गरी दरिलो पार्नु, बन्दरगाहहरू निर्माणसँगसँगै आउने अन्य सुविधाहरूका पोकोले गर्दा पाकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्सलाई एउटा रणनीतिक हिस्सासहितको ‘मोतीको माला’ बनाउँदै भारत लाई घेराबन्दीमा पार्ने र उसको शक्ति प्रक्षेपणको महिमालाई निस्तेज पार्ने एउटा ठूलो खतरा रहेको छ ।

बुद्धिमानीपूर्वक आफ्नो ‘कार्ड’को सदुपयोग गरी बंगलादेशले ‘दक्षिण एसियाको बाघ’ (एसिएन टाइगर)ले आर्थिक र रणनीतिक हितको रक्षा गर्दैछ ।

उपरोक्त परिप्रेक्ष्यमा हेर्दा चीनले जसरी श्रीलंकामा आफ्नो बीआरआईको प्रयोग गर्यो, त्यसबाट के प्रस्टिन्छ भने यो दक्षिण एसियामा आर्थिक निर्भरता र चीनको पैठ (उपस्थिति) बढाउने एउटा महत्वपूर्ण औजार हो । बीआरआईको फ्रेमवर्कअन्तर्गत बंगलादेशलाई चिनियाँ समर्थन, भारतको सुरक्षा र रणनीतिक हितलाई कमजोर पार्ने एउटा खेलको हिस्साको रूपमा पनि हेरिन्छ ।

भारतले पनि आफ्नो ‘एक्ट इस्ट’ (पूर्वतिर काम गर्ने) नीतिअनुसार बंगलादेशलाई आकर्षित गरिरहेको छ । अन्य कुराहरूको अतिरिक्त दिल्लीले संयुक्त राज्य अमेरिका, भारत, जापान र अस्ट्रेलियासहितको एक अनौपचारिक रणनीतिक गठबन्धन, इन्डो-प्रशान्त ‘क्वाड’मा ढाकाले पनि सदस्यता लियोस् भनी भरमग्दुर कोसिस गरिरहेको छ । यसविरुद्ध बेइजिङबाट कडा प्रतिक्रिया जनाउनुका अतिरिक्त चिनियाँ रक्षामन्त्री वी फेंगेले आफ्नो हालसालैको ढाकाको भ्रमणमा ‘दक्षिण एसियामा एक सैन्य गठबन्धन स्थापना गर्ने यस क्षेत्रबाहिरका शक्तिहरू’लाई प्रतिरोध गर्न संयुक्त प्रयासको आह्वान गरे ।

दुई विशाल देशहरूसँगको व्यवहार
बंगलादेशले दुई विशाल एसियाली देशहरूसँग आफ्नो सम्बन्ध ज्यादै नै बुद्धिमतापूर्ण रूपले सन्तुलनमा राखेको छ । यो पनि स्पष्ट पारिरहेको छ कि यी दुईबीच कुनै छनौट गर्ने छैन । भारतको भू-राजनीतिक चिन्ता सम्बोधन गर्ने क्रममा पनि बंगलादेशले चीनसँग आर्थिक सहयोग र घनिष्ठ रक्षा सम्बन्ध कायम राख्‍ने आफ्नो अधिकारलाई भने निरन्तरता दिएको छ ।

चीनले विकास परियोजनामा आर्थिक सहयोग दिएर नै बंगलादेशसँग आफ्नो आर्थिक सम्बन्ध सुदृढ गरेको छ भने भारतलाई बंगलादेशसँगको साझा इतिहास, मूल्यहरू, संस्कृति र कनेक्टिविटीको लाभ छ । अब, बंगलादेशको दीर्घकालीन हित दुई विशाल एसियाली राष्ट्रहरूमध्ये कुन चाहिँको रणनीतिक उद्देश्यले परिपूर्ति गर्छ भनी प्रमाणित गर्ने जिम्मा पनि यिनमै रहेको छ ।

हाल बंगलादेशले दुई प्रतिद्वन्द्वीहरूबाट प्राप्त गरिरहेको ध्यानाकर्षणको मज्जा लिइरहने नै छ । बुद्धिमानीपूर्वक आफ्नो ‘कार्ड’को सदुपयोग गरी बंगलादेशले ‘दक्षिण एसियाको बाघ’ (एसिएन टाइगर)ले आर्थिक र रणनीतिक हितको रक्षा गर्दैछ ।



Author

थप समाचार
ad
x