विचार

बजारमा टिकिरहन सामान गुणस्तरीय हुनुपर्छ

इकागज |
असोज १०, २०७९ सोमबार १६:१४ बजे

काठमाडौँ-  बेको नेपाली बजारमा पछिल्लो समय उदाएको ब्राण्ड हो । यो युरोपियन ब्राण्ड हो । युरोपतिर फास्ट ग्रोइङ ब्राण्ड समेत हो । ६५ वर्षभन्दा पुरानो ब्राण्ड हो । हाल यो विश्वको १ सय ३५ देशहरूमा यसको बिक्री भइरहेको छ । नेपालमा बेको ब्राण्ड सीजीले बिक्री वितरण गर्नुभन्दा अगाडि अन्य कम्पनीले गरेको थियो । पछि सो ब्राण्डले सेवा दिन नसकेपछि सीजीले सुरु गरेको हो । सीजीले सुरु गरेको लगभग १ वर्षजति हुन लाग्यो । उहाँहरूको नेटवर्क कमजोर भएका कारण पनि सो कम्पनीले रिच पुर्‍याउन सकेन त्यसैले सीजीले यसको आधिकारिकता लिएर सबै स्थान तथा दुर्गम क्षेत्रमा पनि सेवा पुर्‍याएपछि यो छोटो समयमै लोकप्रिय हुन पुगेको छ ।


यसअघिको ब्राण्डले गरेको व्यापार र हालको व्यापारको तुलना गर्ने हो भने सीजीले बिक्री सुरु गरेपछि हाल यस ब्राण्डप्रतिको विश्वास निकै बढेको देखिन्छ । यसअघि जसले बेकोको सामाग्री प्रयोग गरेका छन् उनीहरुले यसको सामग्री खोज्नेछन् नै त्यसमाथि अन्य नयाँ उपभोक्ताहरू पनि यस ब्राण्डमा चासो लिएर खोज्दै आएका छन् ।

बेको ब्राण्डले प्रदान गर्ने आफ्टर सेल्स सर्भिसले पनि यस ग्राहकहरू यस प्रति निकै आकर्षित भएका छन् । बेकोले बिक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिएर सेवा प्रदान गरेका कारणपनि दिन प्रतिदिन यसप्रतिको आकर्षण बढेको छ । साथै चौधरी ग्रुपको छातामुनी बेको बेको ब्राण्डले बिक्री वितरण गर्ने भएका कारण पनि ग्राहकहरू यस ब्राण्डप्रति निकै ठूलो विश्वास कायम हुँदैछ ।

ग्राहकको सन्तुष्टीमा बेको हाल नं एक रहेको छ । साथै युरोपमा पनि इलेट्रोनिक्स ब्राण्डमा ३ मूख्य ब्राण्डमा रहेको छ। हाल सीजी ग्रुपले बजारको ५० प्रतिशत बढी बजार हिस्सा ओगेटेको छ। यसमा सीजीका अन्य इलोक्ट्रोनिक्स ब्राण्डहरू जस्तै टिसिएल, एलजी लगायतका ब्राण्ड नेपाली बजारमा बलियो उपस्थिती जनाइसकेको छ । सीजीले बिक्री गर्ने सामग्रीहरूमा उच्च गुणस्तरीय सामग्रीका साथै ग्राहकका चाहाना र आवश्यकता अनुरुपका सामग्रीहरू बिक्री गर्दै आएको छ। यसले गर्दा पनि सीजी लोकप्रिय ब्राण्डका रुपमा नेपाली बजारमा माग बढ्दै आएको छ। यसका कारण सीजीले बिक्री गर्ने सबै सामग्रीहरूको आफ्नै ग्राहकहरू रहेका छन् ।

युरोपमा बेकोका सबैभन्दा धेरै वासिङ मेसिन, एयर कन्डिसन, डिस वासर, मल्टी डोर रेफ्रिजरेटर, फ्रि स्ट्याङडिङ ओभन लगायतका सबैभन्दा बढी बिक्री हुने सामग्रीहरूमा पर्दछन् । नेपालमा पनि पछिल्लो समय यटी प्रोडक्टहरू निकै बिक्री भैइरहेका छन् ।

बेको ब्राण्डले ग्राहकहरूको आवश्यकताअनुरुका सामग्रीहरू बिक्री गर्ने गरेको छ। ग्राहकहरूको पर्चेसिङ क्यापासिटी अनुरूपका सामग्रीहरू बजार उपलब्ध गराएको हुँदा नै बेकोका सामानहरू ग्राहकमैत्री र उच्च माग हुने गरेका छन् ।

नेपाली बजारमा सबैभन्दा धेरै वासिङ मेसिन, माइक्रो वेभ ओभन, फ्रि स्ट्याङडिङ ओभन, एसी लगायतका सामाग्रीको माग उच्च छ।

फ्रि स्ट्याङडिङ ओभन भनेको नेपाली बजारमा नयाँ प्रोडक्ट हो । यसमा एउटै ओभनमा ग्यास चुलो तथा ओभन दुवै भएको आधुनिक फिचर सहितको ओभन हो। फ्रि स्ट्याङडिङ पछिल्लो समय नेपाली बजारमा आएको आधुनिक फिचर सहितको ओभन हो यसमा ग्यास तथा माइक्रो ओभन दुवैको संयोजन भएको फिचर समावेस छ। यसमा पनि २ प्रकारका फ्रि स्ट्याङडिङ ओभन रहेको छ। एउटा ग्यासबाटै चुलो तथा ओभन पनि चल्ने र अर्को ग्यासबाट चुलो बल्ने र बिजुलीबाट ओभन चल्ने गरी दुई प्रकारको ओभन रहेको छ।

यस्तै बेकोले आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर वासिङ मेसिनमा किन्दा ६ किलोको सर्फको प्याकेट, मल्टी डोर रेफ्रिजरेटरमा इन्डक्सन चुलो, डिसवासरमा २ प्याकेट वासिङ ट्यावलेट त्यसैगरी फ्रि स्ट्याङडिङ ओभनमा एउटा कुकर उपहार स्वरुप प्राप्त गर्नेछन् ।

 

 


Author

थप समाचार
x