खेलकुद

च्याम्पियन्स लिगः आयाक्सको सार्मथ्य कति ?

एजेन्सी |
कात्तिक ५, २०७७ बुधबार १४:१२ बजे

च्याम्पियन्स लिगमा बुधवार आयाक्स र लिभरपुल भिड्दै छन् । डच क्लब आयाक्सले दर्शकविनाको योहान क्रुफ्र एरिनामा प्रिमियर लिग बिजेतालाई आतिथ्यता प्रदान गर्नेछ । 

१८ महिनाअघि लिभरपुलले च्याम्पियन्स लिग उपाधि जित्दा आयाक्स सेमिफाइनलसम्म पुगेको थियो । अन्तिम चारमा टोटेनहमसँग पराजित भए पनि आयाक्सको त्यतिबेलाको च्याम्पियन्स लिग यात्राले युरोपियन फुटबलमा प्रभाव छाड्न सफल भएको थियो । 


प्रतिभाशाली यूवा खेलाडीले भरिएको त्यतिबेलाको आयाक्स र यो सिजनको आयाक्समा फरक छ । २०१८/१९ सिजनको अन्त्यसँगै धेरै खेललाडीहरु आयाक्स छाडेर युरोपका अन्य ठूला क्लबतिर लागे । त्यसपछिको सिजनमा आयाक्स कति बलियो रह्यो त ?

जसले क्लब छाडे 

सन् २०१९ को समर ट्रान्सफर विन्डोमा आयाक्स छाड्ने दुई मुख्य खेलाडी थिए माथिस डे लिट र फ्रयान्की डि योङ । १९ वर्षको हुँदा आयाक्सको कप्तानी गरेका डिफेन्डर डे लिटले त्यस सिजनको च्याम्पियन्स लिगमा उत्कृष्ट प्रर्दशन गर्दै ठूला क्लबका नजर आफूतर्फ आर्कषित गर्न सफल भएका थिए । उनले त्यस सिजन युभेन्टसविरुद्वको अन्तिम सोह्रमा निर्णयक गोल गर्दै आयाक्सलाई सेमीफाइनलतर्फ डोर्याएका थिए ।

त्यस्तै टोटेनहमसँगको सेमिफाइनल खेलमा पनि उनले गोल गरे । यूरोपियन अखबारहरुमा आएका रिर्पोट अनुसार उनलाई अनुबन्धन गर्न इच्छा राख्ने क्लबहरुको सूचीमा बार्सिलोना लगायतका ठूला क्लब थिए । तर अन्तिममा बाजी मार्यो युभेन्टसले । इटालियन च्याम्पियनले डे लिटलाई ७५ मिलियन यूरो हालेर खरिद गर्यो । जसले उनलाई विश्वकै महंगो डिफेन्डर बनायो ।   

यता मिडफिल्डर डे योङ भने बार्सिलोनातर्फ सरुवा भए । उनलाई क्याटलन क्लबले ८६ मिलियन युरो खर्च गरेर अनुबन्धन ग-यो । डेनिस स्ट्राइकर कास्पर डोलबर्ग आयाक्सका लागि डे लिट र डे योङ जत्तिको महत्वपूर्ण खेलाडी थिएनन् । तर उनलाई पनि आयाक्स सन्तोषजनक रकम मै बेच्न सफल भयो । 

गएको सिजन आयाक्सले च्याम्यिन्स लिगमा अघिल्लो बर्षको जस्तो प्रर्दशन दाहो¥याउन सकेन । समूह चरणबाटै बाहिरिएको आयाक्सले आफ्नो महत्वपूर्ण फर्वाड हाकिम जियचलाई ४० मिलियन यूरोमा चेल्सीमा अनुबन्धन हुन दियो । त्यस्तै अर्का मिडफिल्डर डोनी भान डे विक गत सेप्टेम्बरमा म्यानचेस्टर युनाइटेडतर्फ लागेका छन् । चार पटकको युरोपियन विजेता आयाक्सले २०१८/१९ को च्याम्पियन्स लिग सेमिफाइनल खेलेको टीमका सदस्यहरु बेच्दा करिब ३०० मिलियन यूरो जम्मा गरेको छ ।

जो आयाक्स मै रहे 

केही महत्वपूर्ण यूवा खेलाडीहरुले क्लब छाडे पनि बाँँकी खेलाडी भने आयाक्स मै रहे । प्रशिक्षक एरिक टेन हागसँगै क्लबका प्रभावशाली गोलकर्ता डुसान टाडिच आयाक्समै छन् । टाडीले कारोनाबाट प्रभावित गत सिजन सोह्र गोल गरेका थिए । त्यस्तै गोलकिपर आन्द्र ओनाना, अनुभवी डिफेन्डर डेले ब्लाइन्ड, लेफ्ट ब्याक निकोलस टागलियाफिको र राइट ब्याक नुसैर माजाराओइ पनि डच पाउरहास मै छन् । अनि ब्राजिलका युवा विङगर डेभिड नेरेस पनि आयाक्स नछाडी बसेका छन् । 

नयाँँ अनुहार 

आयाक्स यूरोपियन फूटबल बजारमा ठूला क्लबलाई खेलाडी बेच्ने क्लबका रुपमा परिचित छ । स्टार खेलाडी बेच्ने अनि नयाँमा लगानी गर्ने उसको शैली नै हो । गएको १८ महिनामा पनि आयाक्सले केही नयाँँ अनुहारलाई क्लबमा भित्राएको छ । सेभियाबाट डच राष्ट्रिय टोलीको सदस्य क्विन्सी प्रम्स, मेक्सिकन डिफेन्ड। एडसन अल्भारेज र ब्राजिलका यूवा खेलाडी एन्टोनीलाई आयाक्सले अनुबन्धन गर्दै टीममा सन्तुलन मिलाउने प्रयास गरेको छ । गत साता हिरनबिन माथिको जितमा आयाक्स सबै मूख्य फर्वाडहरुले गोल गरेका थिए । टाडिचले दुई गोल गरेका थिए भने एन्टोनीले अर्को गोल थपेका थिए । त्यस्तै अर्का गोलकर्ता थिए यसै सिजन डेनिस लिगबाट भित्रिएका २० वर्षीय मोहम्म्द युनुस । 

आयाक्सले यूवा प्रतिभामाथि आफ्नो भरोसा राख्न छाडेको छैन । तर आयाक्सको टीममा डेभी क्लासेन जस्ता अनुभवी खेलाडी पनि छन् । भर्जिल भान डाइक बिनाको लिभरपुल रक्षापङ्तीलाई आयाक्सका यूवा फर्वाडहरुले तोड्न सक्लान ? आयाक्ससँग यो सिजन पनि ठूला यूरोपियन क्लबहरुलाई स्तब्ध पार्न सक्ने क्षमता बाँकी छ ? उत्तर च्याम्पियन्स लिगको नतिजामा भेटिने छ ।


Author

थप समाचार
x