समाज

प्रशासनको निर्णय:

काठमाडौँ उपत्यकामा जोर बिजोर हट्यो, अरु के-के हटेन ? [आदेशसहित]

इकागज |
माघ १४, २०७८ शुक्रबार २०:४३ बजे

फाइल फोटो

काठमाडौँ : चौतर्फी आलोचना र दबाबपछि काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली हटेको छ । यद्यपी निजी गाडीमा भने जोर बिजोर कायमै राखिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले एक आदेश जारी गर्दै सार्वजनिक यातायातका सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली हटाइएको जनाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन् । कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै ‘स्मार्ट लकडाउन’ सम्बन्धी कार्यविधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ । 


विश्वविद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ । यस्तै कोरोना भाइरसको जोखिम कायमै रहेकाले अन्य क्षेत्रमा भने स्वास्थ्य मापदण्डको पालना गर्न पनि कार्यालयले आग्रह गरेको छ । 

 


Author

थप समाचार
x