समाज

धनगढीमा ७५ वर्षीय संक्रमित पुरुषको मृत्यु

इकागज |
माघ १३, २०७८ बिहीबार १८:४१ बजे

फाइल फोटो

कैलाली : धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। कैलालीको बर्दगोरीया गाउँपालिकाका ७५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। 

माघ ७ गते चेक गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। उनी सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थिए। यसअघि बिहीबारै एक कोभिड–१९ सङ्क्रमित वृद्धको बिहान मृत्यु भएको थियो । 


गोदावरी नगरपालिका–५ का ६२ वर्षका वृद्धको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार ती वृद्धलाई माघ ११ गते कोभिड पुष्टि भएको थियो ।
 


Author

थप समाचार
x