समाज

सुदूरपश्‍चिम प्रदेश

सामाजिक विकास मन्त्रालयका कर्मचारीमा कोभिड संक्रमणपछि अत्यावश्यक बाहेकका सेवा बन्द

इकागज |
माघ ९, २०७८ आइतबार १८:१ बजे

कैलाली - सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले कर्मचारीमा कोभिड-१९ संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहले आइतबार (आज) एक सूचना जारी गर्दै सेवा बन्द गरिएको जनाएका हुन्। 

मन्त्रालयका केही कर्मचारीमा कोभीड-१९ पुष्टि भएको र केहीमा मिल्दोजुल्दो लक्षण देखिएकाले सेवा बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ।



Author

थप समाचार
x