समाज

रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौँको क्षति

इकागज |
बैशाख ११, २०८१ मंगलबार २१:९ बजे

रौतहट- रौतहटको देवाही गोनाही-१ करुनियास्थित मंगलबार अपरान्ह भएको आगलागीबाट ७ वटा घर जलेर लाखौँको क्षति भएको छ ।

विद्युतको तार सर्ट भएर अपरान्ह ४ बजे भएको आगलागीबाट स्थानीय साबिर हुसेन, नजारुल अन्सारी, अनसारुल अन्सारी, ईद महमद, मजिद अन्सारी, सोबराती अन्सारी र अलिशेर अन्सारीको घर जलेर नष्ट भएको हो । आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा ,भाडावर्तन, नगदसहित घरहरू जलेर पूर्ण रूपमा नष्ट भएर कुल १६ लाख ९० हजार बराबरको क्षति भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।


सशस्त्र प्रहरी सुरक्षा बेस देवाहीबाट सई कृष्ण नन्दन राय यादवको कमान्डमा खटिएका ९ जना, इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट इन्स्पेक्टर कुशाराम कार्कीको कमान्डमा गएको १० जनाको टोली, गौर नगरपालिकाबाट गएको दमकल र स्थानीयवासीहरूको सहयोगमा करिब ५ बजेको समयमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


Author

थप समाचार
x