क्रिकेट

लखनउमाथि कोलकाता ९८ रनले विजयी

इकागज |
बैशाख २४, २०८१ सोमबार ६:५८ बजे

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा कोलकाताले लखनउलाई ९८ रनले पराजित गरेको हो ।


कोलकाताले दिएको २३६ रनको लक्ष्य पछाएको लखनउ १६.१ ओभरमा अल आउट हुँदै १३७ रन मात्र बनाएको थियो ।

यसअघि कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २३५ रन बनाएको थियो ।

यो जितपछि कोलकाता शीर्ष स्थानमा उक्लिएको छ । कोलकाताको ११ खेलमा १६ अंक भएको छ । त्यस्तै लखनउको भने यो पाँचौं हार हो । ११ खेलमा १२ अंक रहेको लखनउ अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।


Author

थप समाचार
x