क्रिकेट

आईपीएल : चेन्नईले आज राति बैँग्लुरुको सामना गर्दै

इकागज |
जेठ ५, २०८१ शनिबार १४:४२ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राति रोयल च्यालेन्जर्स बैँग्लुरुले चेन्नई सुपर किंग्सको सामना गर्दैछ ।

बैँग्लुरु र चेन्नईबीचको खेल बैँग्लुरुमा नेपाली समयअनुसार राति ७:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


जारी आईपीएलमा १३ मध्ये ७ खेलमा जित हात पारेको चेन्नई १४ अंकसहित चौथो स्थानमा छ । चेन्नईले ६ खेलमा पराजय भोगेको छ ।

यता बैँग्लुरुले भने १३ मध्ये ६ खेलमा जित हात पार्दा ७ खेलमा पराजय भोगेको छ । १२ अंक हात पारेको बैँग्लुरु सातौं स्थानमा छ ।


Author

थप समाचार
x