समाज

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

इकागज |
बैशाख ७, २०८१ शुक्रबार १९:२७ बजे

सांकेतिक तस्बिर

स्याङ्जा- स्याङ्जाको बिरुवा गाउँपालिका-७, कुमेरदुङ बस्ने ७४ वर्षीया रेउसरी गुरुङको आगो निभाउने क्रममा आज जलेर मृत्यु भएको छ । 

बारीमा कोदोको बिउ राख्नलाई पात-पतिङ्गर जलाउने क्रममा जङ्गलमा आगो सल्किएपछि उक्त आगो निभाउन खोज्दा गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।


गुरुङको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।


Author

थप समाचार
x