समाज

विराटनगरको रानी क्षेत्रमा दुई समूहबीच झडप

इकागज |
बैशाख ५, २०८१ बुधबार १७:३६ बजे

विराटनगर- मोरङको विराटनगरस्थित रानी क्षेत्रमा तनाव भएको छ । एक समूहले निकालेको मोटरसाइकल र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।

झडपका क्रममा दुवै पक्षबीच ढुंगा हानाहान समेत भएको थियो । 


सो क्षेत्रमा अवस्था नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालन गरिएको र नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रु ग्याससमेत प्रहार गरेको छ । अहिले अवस्था सामान्य हुँदै गएको प्रहरीले जनाएको छ  ।


Author

थप समाचार
x