समाज

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुँदै, अब तीन मिनेटमै सिस्ने खोला पुगिने

इकागज |
बैशाख ३, २०८१ सोमबार ९:३९ बजे

काठमाडौँ- नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सोमबार ‘ब्रेक थ्रु’ (छिचोलिने) भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले साढे १२ बजे सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 


सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप १ वर्ष लाग्ने आयोजनाले जनाएको छ । मुख्य सुरुङ गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो । १४ मिटर खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत नयाँ पुराना माग अघि सार्दै धादिङ र काठमाडौँतर्फ एक महिना काम ठप्प पारेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रालय र स्थानीयबीच ९ बुँदे सहमति पछि चैत ६ देखि निर्माण सुरु भएको थियो । नागढुंगा सुरुङ मार्गको मुख्य लम्बाइ २६ सय ६६ मिटर छ । सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौँको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्ने खोला पुगिनेछ । मुख्य सुरुङ २.६८८ किमि र आपत्कालीन सुरुङको दूरी २.५५७ किमि छ । आपत्कालीन सुरुङको गत साउन २२ मा ‘ब्रेक थ्रु’ भइसकेको छ । अहिले फिनिसिङ भइरहेको छ । 


Author

थप समाचार
x