समाज

बुद्धचित्तको रुख काटिएपछि शेरबहादुरले सोच्‍न सकेनन्…

इकागज |
चैत ३०, २०८० शुक्रबार १२:३९ बजे

काठमाडौँ- काभ्रेको रोशी गाउँपालिका- ३ करोड रुपैयाँ लेनदेन सम्झौतामा बिक्री भइसकेकको बुद्धचित्त रुखको कटान गरेको पाइएको छ । गएराति १ बजे उक्त रुख कटान गरिएको रुख धनी शेरबहादुर तामाङले बताए ।

उक्त रुख वार्षिक ३ करोड रुपैयाँमा सम्झौता गरेर बिक्री गरिएको थियो । पाँच वर्षको लागि सम्झौता गरि रुख बिक्री गरेको रुख धनी शेरबहादुर तामाङले जानकारी दिए ।


उनले रुख बिक्री गरिसकेकाले ५० लाख रुपैयाँ लिएका थिए । उनले व्यापारीसँग अरु रकम लिन बाँकी थियो ।

‘रुख काटिएपछि लिएको ५० लाखको विषयमा के गर्ने हो त्यस विषयमा सोच्न सकिएको छैन,’ उनले भने,’ हामीले पैसा लिएपछि विभिन्न ठाउँमा लगानी गरेका थियौँ ।‘

बानेश्वरको शंखमुलबाट रुख कटान गर्ने मानबहादुर तामाङलाई पक्राउ गरिसकेको उनले जानकारी दिए । विप्लव समूहको त्यस क्षेत्रका एक नेताले रुख कटान गरेको उनको भनाइ छ ।

‘पैसाको लोभमा उसले रुख काटेको हुनुपर्छ, कति पैसा दियो,’ उनले भने,’ त्यो सबै बुझ्नुपर्छ । उसले पनि रुख मागेको थियो । रुख नपाएपछि उसले रुखको क्षति गरेको हुनुपर्छ ।‘

जिल्ला प्रहरी कार्यालय, काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले कसले रुख काट्यो भन्ने विषयमा अनुसन्धान थालिएको बताए । उनका अनुसार, गएराति १ बजेतिर तामाङको घर छेउमा रहेको बुद्धचित्त​को रुख काटिएको थियो ।

एक जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले बताए । उनले घर नजिकै चार वटा सकेट बम भेटिएको जानकारी दिए ।

 

 


Author

थप समाचार
x