समाज

दुर्गा प्रसाईंले भने - १३ वर्षदेखि राज्यले रुवाएको थियो सर्वोच्चले न्याय दियो

इकागज |
चैत १८, २०८० आइतबार ११:४२ बजे

फाइल तस्बिर

काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राज्यले शोषण गरेपनि सर्वोच्च अदालतले न्याय दिएको बताएका छन् । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रसाईंले सर्वोच्च अदालतले गरेको फैसलाले न्याय मरेको छैन भन्ने प्रमाणित भएको बताएका हुन् । 

'१३ वर्ष राज्यले शोषण गरेको थियो । अन्याय गरेको थियो । हामीले जनताको पैसा लगेर मेडिकल कलेज बनायौँ । हामीलाई १३ वर्षदेखि रुवाएर राखेको थियो', उनले भने, 'अहिले सर्वोच्चले न्याय दियो ।' 


उनले आफूले लाइन्सेस लिएको हतियारको पछि राज्य लागेको बताए । आफूले लिएको लाइसेन्समा देशभर जहाँ पनि लैजान पाइने लेखिएको उनले स्पष्ट पारे । 

सर्वोच्च अदालतको गेटमा चेकजाँच गर्ने क्रममा हतियारसँगै पैसा समेत लगिएको प्रसाईंले बताए । उनले मेडिकल कलेजको सम्बन्धन पाएपछि बैंकको ऋण तिर्ने समेत बताए । 


Author

थप समाचार
x