समाज

बारबरा फाउन्डेसनद्वारा २५ लाख रुपैयाँको ‘खोजमूलक पत्रकारिता पुरस्कार’ का लागि आवेदन आह्वान

इकागज |
चैत १५, २०८० बिहीबार १९:५२ बजे

काठमाडौँ- बारबरा फाउन्डेशनले खोजमूलक पत्रकारिता पुरस्कार २०८१ प्रदान गर्ने भएको छ । हरेक दुई वर्षको अन्तरमा प्रदान गरिने यस पुरस्कारको कुल धनराशि २५ लाख रुपैयाँको रहेको फाउन्डेशनले जनाएको छ ।

फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार २०८१ का लागि खोज पत्रकारहरूसँग आफ्ना सशक्त खोजी समाचार दिन आह्वान समेत गरेको छ । 


२०७९ वैशाखदेखि २०८० चैतसम्म २४ महिनाभित्रमा प्रकाशन र प्रशारण भइसकेका अनुसन्धानमूलक समाचार र सामग्रीले यस प्रतिष्पर्धामा भाग लिन पाउने छन् । 

उक्त पुरस्कार पहिलो हुनेलाई १५ लाख, दोस्रो हुनेलाई ७ लाख र तेस्रो हुनेलाई ३ लाख प्रदान गरिनेछ । पुरस्कारको घोषणा आउँदो वैशाख २१ मा गरिनेछ । 

पत्रकारिता जगतले सिंगो राज्य पद्धतिमा सुशासनको खोजी गर्न र नियम कानुनको थिति बसाल्न पुर्याउँदै आएको भूमिकाको सम्मानका लागि यो विशिष्ट पुरस्कारको थालनी गरिएको फाउन्डेशनले जनाएको छ ।

पुरस्कारमा जोडिएको मुद्दाले नेपालको सामाजिक, आर्थिक, वा राज्य संयन्त्रमै परिवर्तन ल्याउन सक्ने वा प्रभाव देखाउन सक्ने तहको सान्दर्भिक खोजलाई प्रश्रय दिएको हुनुपर्ने फाउन्डेसनको भनाइ छ ।

प्रतिस्पर्धामा आउने सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडियो, पोडकास्ट वा डिजिटल पोर्टलमा प्रकाशित वा प्रसारित भएको हुनुपर्ने, त्यस्ता सामग्री बारेको आवेदन प्रकाशक, पत्रकार, दर्शक, स्रोता वा पाठक जसले दिए पनि स्वीकार गरिने बताइएको छ ।

पुरस्कारका लागि आवेदन २०८० चैत मसान्तभित्र आइसक्नुपर्ने जनाइएको छ । आवेदकले आफ्नो लेख रचना समाविष्ट गर्दा परिचय स्पष्ट रूपमा खुल्नुपर्नेछ ।

 


Author

थप समाचार
x