समाज

८३ वर्षीया वृद्धाको हत्या आरोपमा युवक पक्राउ

इकागज |
चैत १५, २०८० बिहीबार १८:३५ बजे

काभ्रे- वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-८ का २९ वर्षीय सन्तोष आचार्य रहेका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाले पत्रकार सम्मेलन गरेर बिहीबार आरोपी सार्वजनिक गरेको हो । 


काभ्रेको धुलिखेल-९ घर भई बनेपा-१३ भैंसेपाटीस्थित डेरा गरेर बस्ने ८३ वर्षीया लक्ष्मी तामाङको हत्या गरेर फरार रहेका युवकलाई चैत १३ पक्राउ गरिएको हो । 

युवकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । युवक लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x