समाज

काठमाडौँ महानगरले राखेको बोर्ड कसले हटायो ?

इकागज |
चैत १४, २०८० बुधबार ११:१३ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चक्रपथ सुधार आयोजनाको बोर्ड गराएको भन्दै व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जालमा बुधबार एक पोष्ट गर्दै बालेनले सन्‌ २०१५ मै सकिनुपर्ने काम सन्‌ २०२४ सम्म पनि नसकिएपछि महानगरले सो आयोजनाको जानकारी दिन बोर्ड राखेको थियो । तर सो बोर्ड अहिले हटाइएपछि महानगरले प्रहरीमा बोर्ड हराएको निवेदनसमेत दिएको छ । यो आयोजना निर्माणको ठेक्का चिनियाँ निर्माण कम्पनीले लिएको छ ।


'सन्‌ २०१५ मा सक्नु पर्ने काम सन्‌ २०२४ लाग्दासमेत सकिएको छैन । छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ । स्थानीयले बोले, संघीय सांसदहरूसमेतले पटक-पटक आवाज उठाए तर कसैको सुनिएको थिएन । कसैको दु:ख हेरिएको थिएन' मेयर बालेनले फेसबुकमा लेखेका छन् 'काठमाडौँ महानगरपालिकाभित्रको भएर हामीले पनि पटक-पटक ध्यानाकर्षण गराउने र आफ्नो कार्यक्षेत्रभित्र पर्ने त्यो सम्बन्धित कामहरू गरेर सहयोग गर्ने गरेका नै हौँ । तर निर्माण कार्य शंखेकिराको गतिमा रह्यो । त्यहि जानकारी दिन बोर्ड राखेका थियौँ ।'

'त्यत्रो आवाज नसुन्ने र त्यत्रो दु:ख नदेख्ने निर्माणकर्ताहरूले १० फिट लामो र ५ फिट चौडा भएको बोर्ड चैँ देखेछन् । समय सकिएको ९ वर्षपछि पनि काम नसक्ने संस्थाले 'कथित अल्टिमेटमको समय' सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन् । अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनैतिक नोट लेखेछ्न्' उनले लेखेका छन् 'यहि नजर बर्षौँदेखि अलपत्र पारेर दुख थपेका र बजेट सकेका आयोजनामा पनि जाउन् । समय सकिने बित्तिकै काम गर्ने जाँगर त्यता पनि चलोस् ।'


Author

थप समाचार
x