समाज

बझाङमा मलामी गएका व्यक्तिको सेती नदीमा बगेर मृत्यु

इकागज |
चैत १०, २०८० शनिबार १९:३८ बजे

धनगढी- बझाङमा मलामी गएका एक पुरुषको सेती नदीमा बगेर ज्यान गएको छ ।

शनिबार दिउँसो जयपृथ्वी नगरपालिका-७ धौलाबगरस्थित सेती नदीको किनारमा नुहाउने क्रममा बगेर स्थानीय ४० वर्षीय धनजित आग्रीको मृत्यु भएको हो ।


शुक्रबार राति चट्याङ लागेर मृत्यु भएका गजेन्द्रबहादुर सिंहको मलामी गएका आग्रीको बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उनी अन्दाजी १ किलोमिटर तल बगाएर नदीको किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x