समाज

उसिनेको अण्डा खाँदा अड्किएर एक जनाको मृत्यु

इकागज |
चैत १०, २०८० शनिबार १९:३३ बजे

फाइल तस्बिर

ओखलढुंगा- ओखलढुंगामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ । मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीया काजी भुजेलको अण्डा खाने क्रममा घाटीमा अड्किएर ज्यान गएको हो ।

उनलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए । 


सिंहका अनुसार भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ । 


Author

थप समाचार
x