समाज

छात्रवृत्तिमा जापान पढ्न जाने नेपाली विद्यार्थीलाई दूतावासको विदाइ

इकागज |
चैत १०, २०८० शनिबार १२:१९ बजे

काठमाडौँ- छात्रवृत्तिमा जापान अध्ययन गर्न जान लागेका नेपाली विद्यार्थीलाई नेपालस्थित जापान राजदूतावासले विदाइ गरेको छ ।

दूतावासले शुक्रबार नेपाली विद्यार्थीहरुलाई विदाइ गरेको दूतावासले जनाएको हो ।


दूतावासमा आयोजित एक कार्यक्रमकाबीच अध्ययनका लागि जापान जान लागेका ७ जना नेपाली विद्यार्थीलाई विदाइ गरिएको हो ।

नेपालका लागि जापानी राजदूत किकुटा युटाकाले विद्यार्थीहरुलाई विदाइ गरेका थिए ।

मिनिस्ट्री अफ एजुकेसन, कल्चर, स्पोर्ट्स, साइन्स एन्ड टेक्नोलोजी अफ जापानले प्रदान गरेको छात्रवृत्तिअन्तर्गत ७ विद्यार्थी जापान जान लागेका हुन् ।

तीमध्ये २ जना स्नातक, ३ जना स्नातकोत्तर तथा २ जना विद्यावारिधिका लागि जापान जाने भएका हुन् ।

यसैबीच, राजदूत किकुटाले छात्रवृत्तिका लागि छनोट भएकाहरुलाई वधाइ दिनुका साथै उनीहरुले जापानमा अध्ययनका लागि उचित वातावरण पाउने विश्वास व्यक्त गरे ।

उनले विश्वविद्यालयको अध्ययनबाहेक जापानको संस्कृति जान्न, जापानी साथी बनाउन तथा जापानीहरुको मनोभाव बुझ्ने प्रयास गर्नुपर्ने बताए ।

जापानिज युनिभर्सिटी अलुम्नाइ एसोसियसनका अध्यक्ष सुनिल बाबु श्रेष्ठले आफ्नो अनुभव गरेकाले जापानको जीवन र विश्वविद्यालयका बारेमा विद्यार्थीहरूलाई फलदायी सल्लाह दिएको दूतावासले जनाएको छ ।


Author

थप समाचार
x