समाज

स्टाफ नर्स हत्या प्रकरण : जिउभरी धारिलो हतियारको चोट

इकागज |
चैत २, २०८० शुक्रबार १८:४ बजे

फाइल तस्बिर

मोरङ- विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दासको शौचालयमा शव फेला परेको छ । 

धारिलो हतियार प्रहार गरेर हत्या भएको र उनको शव शौचालयमा फालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । दास डेरामा बसेको घरको कोठाभित्रको शौचालयमा शव भेटिएको प्रहरीले जनाएको छ । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको डीएसपी दाहालले बताए ।


सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।

 


Author

थप समाचार
x