समाज

वित्तीय संस्थाको सूचना प्रणाली ह्याक गर्न खोज्ने व्यक्ति पोखराबाट पक्राउ

इकागज |
चैत १, २०८० बिहीबार १८:१४ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- विभिन्न वित्तीय संस्थाको सूचना प्रणालीमा अनधिकृत पहुँच (ह्याक) पुर्‍याउन प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीको साइबर ब्यूरोले स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ घर भई पोखरा महानगरपालिका-१७ बस्ने २६ वर्षीय नवराज लामिछानेलाई पक्राउ गरेको हो ।


लामिछानेले पोखरा बसेर काठमाडौँका विभिन्न वित्तीय संस्थाको सूचना प्रणालीमा अनधिकृत पहुँच बनाउन खोजेको साइबर ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले जानकारी दिए ।

उनका अनुसार लामिछानेविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।

 


Author

थप समाचार
x