समाज

पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा थापा पक्राउ

इकागज |
फागुन २३, २०८० बुधबार १७:५१ बजे

काठमाडौँ- पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रामेछाप उमाकुण्ड नगरपालिका ६ घर भई हाल काठमाडौं बालुवाटार बस्ने २६ वर्षीय गोविन्द थापालाई पक्राउ गरेको हो ।

थापाले इन्द्रकुमार खवासलालई पोल्याण्ड पठाइदिन्छु भनी  ३ लाख ७० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ । मंगलबार पक्राउ परेका थापालाई प्रहरीले आज सार्वजनिक गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग कार्यालय ताहाचल पठाइएको कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।


 
 


Author

थप समाचार
x