समाज

भीपीएन प्रयोग गरी फेसबुकबाट नाबालिकाको चरित्रहत्या गर्ने युवक ठमेलबाट पक्राउ

इकागज |
फागुन २०, २०८० आइतबार १५:३१ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- सामाजिक सञ्जालमा फेक आईडी बनाइ नाबालिकाको चरित्रहत्या गर्ने एक जना युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोक साँगाचोकगढी-६ घर भएका हाल काठमाडौँ महानगरपालिका-२६ मा बस्ने सुमन खत्रीलाई ठमेलबाट नियन्त्रणमा लिएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही गर्न जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।


खत्रीले नाबालिकाको फोटो डाउनलोड गरी फेक आईडी बनाइ फेसबुक चलाउने गरेका थिए । साथै उनले भिडियो र अश्लील कुराहरू लेखेर पोष्ट गरी नाबालिकाको दिदी र साथीलाई पठाउने गर्थे ।

अश्लील फोटो पठाइ नाबालिकाको चरित्रहत्या गरेपछि काकाले ब्यूरोमा उजुरी दिएको ब्यूरोका प्रवक्ता दिपकराज अवस्थीले जानकारी दिए । ‘खत्रीले आफ्नो परिचय लुकाउन भीपीएनको प्रयोग गरेर सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्रहत्या गर्थे,’ प्रवक्ता अवस्थीले भने ।


Author

थप समाचार
x