समाज

'जनयुद्ध दिवस' मा अजिरकाेट गाउँपालिकाले दियाे सार्वजनिक बिदा

इकागज |
माघ २८, २०८० आइतबार १७:४७ बजे

​गोरखा- अजिरकोट गाउँपालिकाले 'जनयुद्ध दिवस' मा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको ११२औं बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


सूचना जारी गर्दै गाउँपालिकाले भनेको छ, ‘आइतबारको कार्यपालिका बैठकले अजिरकोट गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्था बिदा दिने भनि निर्णय गरेकोले सोही बमोजिम अजिरकोट गाउँपालिका भित्र फागुन १ गते सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

सर्वोच्च अदालतले फागुन १ मा 'जनयुद्ध दिवस' का अवसरमा भनेर दिएको बिदालाई असंवैधानिक ठहर गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुस १३ मा गरेको फैसलाको पूर्णपाठमा उक्त बिदा किन असंवैधानिक हो भन्ने उल्लेख छ ।


Author

थप समाचार
x