समाज

लम्की चुहाका शिक्षा अधिकृतमाथि कालो मोसो दलियो

इकागज |
माघ २२, २०८० सोमबार २२:२ बजे

धनगढी- कैलालीमा एक सरकारी कर्मचारीमाथि कालो मोसो दलिएको छ । 

लम्की चुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेमाथि कालो मोसो दलिएको हो । विभिन्न ६ वटा आरोप लगाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले शिक्षा अधिकृतमाथि कालो मोसो दलेका हुन् ।


उनीमाथि नगरपालिकाभित्र रहेका विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूसँग अभद्र व्यवहार गरेको, शिक्षकहरूबाट कमिसन लिएको, खेलकुद सामग्री खरिदमा कमिसन लिएको, बिदाको दिनमा सार्वजनिक सवारी साधनको दुरुपयोग गरेको लगायतका आरोप लगाएका छन् । 

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव निरीक्षक अशोक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको बताएका छन् । न्युजकारखाना


Author

थप समाचार
x