समाज

घुस लिएको आरोपमा मालपोत अधिकृत भ्रष्टाचारी ठहर

इकागज |
माघ १२, २०८० शुक्रबार १९:२ बजे

फाइल तस्बिर

काठमाडौँ- सेवाग्राहीसँग घुस लिएको भन्दै ताप्लेजुङ मालपोत कार्यालयकी तत्कालीन अधिकृत पनेरु महतलाई विशेष अदालत काठमाडौँले ​भ्रष्टाचारी ठहर गरेको छ ।

शुक्रबार विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासलेले अधिकृत पनेरुले सेवाग्राहीसँग घुस लिएको ठहर गरेको हो ।


घुस लिँदालिँदै पक्राउ परेकी पनेरुलाई अख्तियारले २०७९ असार २४ गते विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।

जग्गा नामसारी गरिदिए बापत उनले घुस लिँदा फुङ्लिङको एक घरबाट रंगेहात पक्राउ परेकी थिइन् । विशेषले त्यही मुद्दामा प्रतिवादी बनाएको भावना महतलाई भने सफाइ दिएको छ ।


Author

थप समाचार
x