समाज

बोक्सी आरोपमा काकाको हत्या गरी फरार भएका दुईजना पक्राउ

इकागज |
माघ ५, २०८० शुक्रबार १४:२५ बजे

काठमाडौँ- बोक्सी आरोपमा कुटपिट गरी हत्या गरेको पन्ध्र वर्ष पुरानो घटनामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका-३ का ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगर रहेका छन् ।

रोशी गाउँपालिका-३ का जनकबहादुर मगरलाई कुटपिट गरी हत्यापछि फरार भएका उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


पक्राउ परेका दुवै जनकबहादुरका भतिजा नाता पर्ने व्यक्ति हुन् । २०६५ साल असोज २९ गते जनकबहादुरको हत्या भएको थियो ।

हत्यापछि फरार रहेका दुवैलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि शुक्रबार जिल्ला अदालत काठमाडौँमा बुझाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीले बताए ।


Author

थप समाचार
x