समाज

डिआईजी खनालद्वारा गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

इकागज |
माघ १, २०८० सोमबार २०:२ बजे

 पोखरा- प्रहरी नायव महानिरीक्षक (डिआईजी) विकाशराज खनालले गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका छन् ।

गृह मन्त्रालयको पुस २४ गतेको निर्णायानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक खनालले साेमबार गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका छन् । 


गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका प्रहरी नायव महानिरीक्षक खनाललाई पोखरा उपत्यकामा रहेका प्रहरी कार्यालय प्रमुखहरूले पुष्प गुच्छासहित स्वागत गरेका थिए ।


Author

थप समाचार
x