समाज

बालकुमारी घटनामा मृत्यु भएका शाहको परिवारलाई प्रदेश सरकारले दुई लाख दिने

इकागज |
पुस १५, २०८० आइतबार १९:९ बजे

धनगढी- सुदूरपश्चिम सरकारले शुक्रबार ललितपुरको बालकुमारी घटनामा मारिएका अछामको चौरपाटी गाउँपालिकाका २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई क्षतिपूर्ति स्वरूप दुई लाख रुपैयाँ दिने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले वीरेन्द्रको निधनले आफू दुःखी भएको बताउँदै प्रदेश सरकारका तर्फबाट दुई लाख राहत दिने बताए । परिवारजनको पीडामा मल्हम लगाउन प्रदेश सरकारका तर्फबाट दुई लाख रुपैयाँ राहत दिइने उनको भनाइ छ ।


आज नै शाहका ‘हत्यारा’ लाई कारबाहीको माग गर्दै धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअघि आफन्तले प्रदर्शन गरेका छन् ।


Author

थप समाचार
x