समाज

ट्होटें पर्व मनाउन कास्कीका विद्यालयमा बिदा

इकागज |
साउन २९, २०८० सोमबार २०:१७ बजे

पोखरा- तमु (गुरुङ) समुदायको मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व मनाउन कास्कीका विद्यालय बन्द हुने भएको छ ।

ट्होटें पर्व मनाउन लागि तमु धिं नेपालको आग्रहमा शिक्षा विकास तथा समन्वय इकाइ, पोखरा कास्कीले जिल्लाका सबै जिल्लालाई बिदा दिन पत्र काटेको छ । स्थानीय बिदाबाट कट्टी हुने गरी बिदा दिन कास्कीका ५ वटै स्थानीय तहलाई बाधार्थसहितकाे पत्र मार्फत अनुरोध गरेको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले जानकारी दिए । 


हरेक वर्षको साउन र चैतको अन्तिम मंगलबार मनाउने यो पर्व मंगलबार पनि तुम धिं नेपालले विविध कार्यक्रम गरी मनाउँदैछ । उक्त पर्व वर्षमा उभौली र उधौली गरी दुई पटक मनाइने प्रचलन छ । तमु धि नेपालका अध्यक्ष हुमबहादुर गुरुङका अनुसार मंगलबार पोखरा ११ रानीपौवादेखि तमु धिंको कार्यालयसम्म र्‍याली आयोजना हुनेछ ।

उक्त र्‍यालीमा पोखरामा रहेको विभिन्न गुरुङ समाज सहभागी हुने अध्यक्ष गुरुङले जानकारी दिए । झाकी र्‍यालीमा सहभागी समाजमध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई विशेष पुरस्कारको व्यवस्था रहेको उनले सुनाए ।


Author

थप समाचार
x