समाज

पिपरा गाउँपालिकाका तत्कालीन अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

सुभाष कर्ण |
साउन १२, २०८० शुक्रबार २१:२ बजे

जनकपुरधाम- महोत्तरीको पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रंजिता झा, सव इन्जिनियर श्याम किशोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।


आव २०७४।०७५ मा पिपरा १ खैरबाको बाटो ढलान कार्यमा कमसल सामग्रीहरू प्रयोग गरी गाउँपालिकाबाट प्राप्त रकम हिनामिना गरेको भन्ने उजुरीको अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा, पिपरा १ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पीसीसी ढलान कार्यमा नभए नगरेको कार्यलाई सवहइन्जिनियर मण्डलले बढी काम भएको नापी किताब तयार पारी बढी मूल्याङ्कन गरी झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई बढी १ लाख ४८ हजार ९१० रुपैयाँ भुक्तानी दिई सरकारी रकम हानि नोक्सानी पुर्याएको मुद्दामा अख्तियारले भनेको छ ।

अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० (ग) र (ङ) बमोजिमको कसूरमा १ लाख ४८ हजार ९१० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा ९१० बमोजिम कैद र जरिवाना हुन र सोही दफा बमोजिम बिगो असुल हुनसमेत मागदाबी गरेको छ ।

यस्तै, निर्माण उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षले पीसीसी ढलान कार्यमा बढी काम भएको नापी किताब तयार पारी बढी मूल्याङ्कन गराई गलत नापी किताब, बिल भरपाई र कार्य सम्पन्न प्रतिवेदन तयार एवं स्वीकृत गराई नभए नगरेको काममा बढी भुक्तानी लिई सरकारी रकम हानि नोक्सानी पुर्याएको पुष्टि भएकोले १ लाख ४८ हजार ९१० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा ९४० बमोजिम सजाय हुन र सोही दफा बमोजिम बिगो जफत हुनसमेत मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता दाहालले जानकारी दिएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x