समाज

जनकपुरधाम रेलवे स्टेशनमा एक महिलाको २ लाख बढी रकम लुटियो

सुभाष कर्ण |
साउन ७, २०८० आइतबार २१:३३ बजे

जनकपुरधाम- जनकपुरधाम रेल्वे स्टेशनमा एक महिलाको लाखौं रुपैयाँ र गरगहनासहितका सामग्री लुटिएको छ ।

प्राप्त जानकारी अनुसार आइतबार दिउँसो धनुषाको जनकनन्दनी गाउँपालिका–६ कठालकी सुनिताकुमारी यादवकाे लुटेरा समूहले २ लाख ७० हजार रुपैयाँ लुटेर फरार भएका हुन् ।


रेलमा चढ्नैबित्तिकै उनले बोकेको ह्याण्ड ब्याग गायब भएको र त्यसमा २ लाख ७० हजार रुपैयाँ रहेको पीडित महिलाले दाबी गरेकी छिन् ।

जनकपुरको एनआईसी एसिया बैंकबाट उक्त रकम निकालेर घर जाने क्रममा रेल्वे स्टेशनमा लुटेराले १० हजार बराबरको सुनको गहना र पैसाा राखेको ह्याण्ड ब्याग लुटेर लगेको पीडित सुनिताले बताइन् । रेलवे स्टेशनमा सिसिटीभी जडान नभएका कारण लुटेरा समूहको पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । तर, घटनाको छानबिन भइरहेको प्रहरीको भनाइ छ ।

भीआईपी र अतिथि सत्कारमा लाखौं खर्चने नेपाल रेलवे जनकपुरधाम रेलवे स्टेशनमा सिसिटीभी नलगाएका कारण सानातिना चोरीकाे घटना हुँदै आएको थियो । तर, आइतबार ठूलै लुटपाटको घटना हुनु रेलवे पदाधिकारीको कमजोरी रहेको स्थानीयको भनाइ छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x