कर्णाली

गादो लगाउँदैमा जनजाति भइँदैन : मुख्यमन्त्री कँडेल

इकागज |
बैशाख ३०, २०८१ आइतबार ६:२७ बजे

फाइल तस्बिर

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गादो लगाउँदैमा जनजाति नहुने बताएका छन् ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जनजाति महासंघ जिल्ला समन्वय परिषद् सुर्खेतले आयोजना गरेको आदिवासी जनजातिहरूको संस्कृति पहिचान गरी जगेर्ना, संरक्षण तथा प्रवर्द्धन कार्यक्रममा मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् । 


“जनजातिहरूको कार्यक्रममा पुरुषको भन्दा महिलाको सहभागिता हुनु सकारात्मक कुरा हो । वास्तवमा यस्तो कार्यक्रमको स्वामित्व, पहलकदमी सरकारले लिनुपर्ने हो”, मुख्यमन्त्री कँडेलले भने ।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको सहयोग तथा लिसार सांस्कृति समूहको समन्वयमा सम्पन कार्यक्रमको सभापतित्व नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका कार्यवाहक अध्यक्ष अशोक राजीले गरेका थिए भने सहजीकरण महासंघका सचिव भीम गुरुङले गरेका थिए । कार्यक्रममा विभिन्न जनजाति समुदायले आआफ्नो नृत्य प्रस्तुत गरेका थिए ।


Author

थप समाचार
x